अत्तरियामा टीभीएसको बागेश्वरी मल्टी मोटर्स उद्घाटन, ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

कैलालीको अत्तरियामा टीभीएसको नयाँ शाखा बागेश्वरी मल्टी मोटर्सको शोरुम सञ्चालनमा आएको छ । शोरूमको आइतबार एक कार्यक्रमकाबीच गोदावरी नगपालिकाका उपप्रमुख रत्ना कडायतले उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले अत्तरिया क्षेत्रमा नयाँ मोटरसाइकल शोरुम स्थापना हुन यहाँका लागि खुशीको कुरा भएको बताइन् । व्यापारिक क्षेत्रको विस्तार हुँदै जानुले अत्तरिया क्षेत्र आर्थिक विकासमा पनि टेवा पुग्ने बताइन् ।

कार्यक्रमका सभापतिसमेत रहेका शोरुपमा सञ्चालक प्रेम साउँदले ग्राहक बर्ग टीभीएसलाई अत्याधिक रुचाएकै कारण अत्तरिया क्षेत्रमा आफ्नो दोस्रो शाखा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले अत्त रिया क्षेत्रमा पनि शोरुम खोलिसकेपछि टीभीएसका बाइकल, स्कुटरको खरिदर तथा सर्भिसमा सजिलो हुने आशा व्यक्त गरे ।

कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा, सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, टीभीएस मोटर्स कम्पनीका नेपाल प्रमुख दिपक मक्कर, जगदम्बा मोटर्सका सहअध्यक्ष दीपककुमार अग्रवाललगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियारलगायतको सहभागिता रहेको थियो ।

शोरुम उद्घाटनका अवसरमा आइतबार नै कम्पनीले युवा लक्षित १२५ सीसी अन्तर्गत अत्याधुनिक फिचर्ससहितको नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ पनि सार्वजनिक गरिएको छ । शोरुम उद्घाटन पश्चात नयाँ बाइक ‘टीभीएस रेडर’लाई राष्ट्रिय कलाकारहरुको टीमले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तसंगी–३ का चर्चित गायक रामकृष्ण ढकाल, प्रमोद पोखरेल, अनिल सिंह, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, हास्यकलाकार राजाराजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई, निरुता प्रधांगना, टिकटक स्टार उशा उप्रेतीको उपस्थिति रहेको थियो ।

नयाँ सार्वजनिक गरिएको युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–इन–क्लास फिचर्सका साथै फस्र्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।

 


४ पुस २०७८, आइतवार २०:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु