नेपाल स्वास्थ्य स्वयंसेवी संघ सुदूरपश्चिमको अध्यक्षमा लामा

नेपाल स्वास्थ्य स्वयंसेवी संघ सुदूरपश्चिम कमिटिको अध्यक्षमा शान्ती लामा चयन भएकी छिन्। धनगढीमा शनिबार भएको संघको पहिलो अधिशेवनबाट लामा अध्यक्षमा चयन भएकी हुन्।

संघको उपाध्यक्षमा दुर्गा खरेल, सचिवमा सीता पंगाली, सहसचिवमा शान्ती सेठ्ठी चयन भएका छन्। सदस्यहरुमा सीता चौधरी, तुलसा हमाल, हरिकला देवकोटा, सीता सिंह, खेमा विष्ट साउँद, शान्ती वजाली, रमिता केसी, इन्द्रा राना र पर्वती चौधरी चयन भएका छन्। सल्लाहकार समितिमा लक्ष्मी बोहरा, पार्वती सिंह, चित्रा ओझा चयन भएका छन्।

तीन तहको सरकार भएपनि महिला स्वास्थ्य स्वयंसेवीहरुको समस्याको बारेमा बेवास्ता गरिएको उनीहरुको गुनासो छ। स्थानीय तहहरुले वार्षिक कार्यक्रममा समेत कार्यक्रमहरु समावेश नगरिएको भन्दै उनीहरुले दुसेको व्यक्त गरेका छन्।

नेपालको स्वास्थ्य क्षेत्रको सुधार तथा सेवामा महिला स्वास्थ्य स्वयंसेवीकाहरुको भूमिका महत्वपूर्ण भएपनि राज्यले उपेक्षा गरेको गुनासो उनीहरुको छ।

 


४ पुस २०७८, आइतवार ०९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु