प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू
कैलालीको धनगढीमा ‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सुरू भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरे ।
प्रतियोगिता अन्तरगत पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच भइरहेको छ । यस्तै आजै हुने दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।
पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेश र एक विभागीय गरी ८ टिमको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख र द्वितीयले ३ लाख पुरस्कार पाउने छन् ।
३ पुस २०७८, शनिवार १५:५२ बजे प्रकाशित












