कांग्रेस महाधिवेशनः सहमहामन्त्री खसआर्यमा राठौरको अग्रता
कांग्रेसको सहमहामन्त्री (खसआर्य)मा किशोरसिंह राठौरले अग्रता लिएका छन् । २०० मत गन्दा राठौर १०७ मत र देवराज चालिसेले ९१ मत पाएका छन् ।
राठौर देउवा प्यानलका हुन् भने चालिसे कोइराला प्यानलका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ ।
महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ ।
आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।
२ पुस २०७८, शुक्रवार १४:३४ बजे प्रकाशित












