एमाले बैतडीको इन्चार्जमा दयाल र सहइन्चार्जमा भट्ट
नेकपा एमालेले बैतडीको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । जिल्ला इन्चार्जमा पुरनसिंह दयाल र सहइन्चार्जमा लिलाधर भट्टलाई जिम्मेवारी तोकिएको छ।
केन्द्रीय कमिटिले कार्यविभाजन गर्दै दयाललाई जिल्ला इन्चार्ज र भट्टलाई सहइन्चार्जको जिम्मेवारी दिएको हो।
दुवै जना एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। भट्ट सुदूरपश्च्मि प्रदेश सभा सदस्यसमेत हुन् ।
२ पुस २०७८, शुक्रवार १२:२४ बजे प्रकाशित











