सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा पाण्डेलाई अग्रहता

नेपाली कांग्रेसको सहमहामन्त्री (पीछडिएको क्षेत्र)मा बद्री पाण्डेले अग्रता लिएका छन् । ३१३ मत गन्दा पाण्डेले १५७ मत र जीवनबहादुर शाहीले १४४ मत पाएका छन् ।

पाण्डे कोइराला प्यानलका हुन् भने शाही देउवा प्यानलका हुन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ ।

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ ।

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।


२ पुस २०७८, शुक्रवार १४:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु