काँग्रेसको मतगणना जारी, देउवा र कोइरालाबीच प्रतिस्पर्धा
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार सभापतिका उम्मेदार देउवा सबैभन्दा अगाडि छन् ।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा ४,२७६ मत गन्दा शेरबहादुरको पक्षमा २०४६ मत खसेको छ । शेरखको पक्षमा भने १,६१५ मत जुटेको छ । शेरबहादुर र शेखरबीचको मतान्तर ४३१ रहेको छ ।
शेरबहादुर र शेखरबाहेकका अन्य प्रतिस्पर्धीहरू भने धेरै मतान्तरले पछि छन् । विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ शेरबहादुर र शेखरको अनुपातमा अगाडि बढ्न सकेका छैनन् । उनीहरू पहिलो चरणबाटै ‘आउट’ हुने सम्भावना छ ।
यससँगै दोस्रो चरणको निर्वाचन हुने सम्भावना पनि उच्च रहेको छ । काँग्रेसको विधानअनुसार पहिलो चरणमा सभापतिमा निर्वाचित हुनलाई बहुमत ५० प्रतिशतभन्दा धेरैे ल्याउनुपर्छ ।
२८ मंसिर २०७८, मंगलवार ०८:५८ बजे प्रकाशित













