punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सबै सांसदलाई एन्टिजेन परीक्षण गराउन आह्वान

Chaupati
safha napa

मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोरोनाको एन्टिजेन परीक्षण गराउन आह्वान गरिएको छ। संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ।

संसदीय मामीला आवद्ध सञ्चारकर्मी, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ।एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशन तयारीका सम्बन्धमा आज बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थललगायतको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।


२७ मंसिर २०७८, सोमवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु