punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोजगारीका लागि भारत गएका १६५ जना बेपत्ता

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको छ। डोटीका चार स्थानीय तहका १६५ श्रमिक परिवारका सम्पर्कमा छैनन्।भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ।

कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खड्कराज जोशीले बताए।

‘कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ,’ उनले भने‚ ‘त्यसैअनुरुप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ।’श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ।

भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए।

‘ऋण लागेर कमाउन भारत गएका त्यहाँ दुःख पाउने गरेका छन्,’ उनले भने‚ ‘दुःख सहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन्।’भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको पाठकको आरोप छ।

भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए। उनले भने, ‘श्रमिकको अवस्था बुझ्नुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कसले खोज्ने ?’


२७ मंसिर २०७८, सोमवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु