punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आउने चुनावमा एमालेको जित सुनिश्चित छ : रावल

Chaupati
safha napa

नेकपा एमालेका नेता डा.भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने दाबी गरेका छन्। गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘एमालेको देशैभर राम्रो जनमत छ। आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले ठोकुवा गरे, ‘अब हामीले पार्टीसँगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’

यस्तै अर्को सन्दर्भमा उनले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएको र त्यो आवाज निरन्तर रहने बताए। महाधिवेशनमा हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दाबी गरे।

यस्तै उनले आफूले पार्टी मिलाउन १० बुँदे सहमतिको खाका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए। तर, शीर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उनले बताए।

रावलले आगामी दिनमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे।


२६ मंसिर २०७८, आइतवार १८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु