punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले केन्द्रीय सदस्यमा ४४ जना मनोनित, को–को परे ? (सूचीसहित)

Chaupati
safha napa

नेकपा एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए ।

मनोनित हुनेहरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र ​विषमलाल अधिकारी रहेका छन् ।

त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।

 


२६ मंसिर २०७८, आइतवार १५:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु