punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले दिए उम्मेदवारी

Chaupati
safha napa

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।यस्तै महामन्त्रीमा डा। प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल केन्द्रीय सदस्य थिए । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई साथ दिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट महामन्त्रीमा पौडेललाई अघि सारेका हुन् ।

देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनेका छन् ।


२५ मंसिर २०७८, शनिवार १७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु