punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्र (समाजवादी)ले एमसीसीविरुद्ध हस्ताक्षर अभियान चलाउने

Chaupati
safha napa

नेकपा माओवादी केन्द्र (समाजवादी)ले एमसीसी खारेजका लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।

कर्णजित बुढाथोकी नेतृत्वको पार्टीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट जबरजस्ती पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।

एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको नेकपा माओवादी केन्द्र समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा हस्ताक्षर संकलन अभियान संचालन गर्ने भएको छ ।

उनले एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा आफ्नो पार्टीले लाखौं जनताको हस्ताक्षर संकलन गर्न लागेको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमससी सम्झौता नभएको स्पष्ट पारे । उनले सम्झौता नेपालको परराष्ट्र नीतीको विरुद्धमा भएको पनि जिकिर गरे ।

बुढाथोकीले भोलि हुने पश्चातापलाई आजै महसुस गरी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिए । जटिल र संवेदनशील राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

उनले जबरजस्ती संसदबाट एमसीसी सम्झौता पास गराएको खण्डमा कडा जनसंघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।


२१ मंसिर २०७८, मंगलवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु