punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना

Chaupati
safha napa

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गरेको हो।आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ।

उपाधि जित्ने टोलीले एक लाख १० हजार १०१ र कप मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिताका संयोजक सागर भण्डारीले जानकारी दिए।यस्तै द्वितीय पुरस्कार ७५ हजार १०१ र कप मेडल तथा प्रमाणपत्र, तृतीय पुरुस्कार ५० हजार १०१ सहित कप, मेडल तथा प्रमाणपत्र राखिएको छ।

सान्त्वना पुरस्कार ३० हजार १०१ कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पञ्चेश्वर–३ को कुलाउमाविको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय खेलाडीले भने सहभागिता जनाउन नपाउने जनाइएको छ।

पुस ३ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताशुल्क पाँच हजार १०० तोकिएको छ। यसैबीच गाउँपालिकाले माविस्तरीय महिला भलिबलसमेत आयोजना गरेको छ। उक्त प्रतियोगिता पुस १ देखि सुरु हुनेछ।


२० मंसिर २०७८, सोमवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु