punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध मुद्दाका फरार सिंह पक्राउ

Chaupati
safha napa

डाँका चोरी तथा लागु औषध मुद्दाका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका वर्ष २४ का शैलु भनिने सौरभबहादुर सिंहलाई प्रहरीले आइतबार पक्राउ परेको छ।विभिन्न आपराधिक क्रियाकलापमा संलग्न सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले लालझाडी गाउँपालिका–६ चानदेव क्षेत्रबाट पक्राउ गरेको हो।

सिंहविरुद्ध विसं २०७४ को पुसदेखि विसं २०७८ कात्तिक महिनासम्म आपराधिक क्रियाकलापका प्रहरीमा आठवटा मुद्दा दर्ता रहेका छन्। तीमध्ये ६ वटा मुद्दा चोरी सम्बन्धी, एउटा मुद्दा ज्यान मार्ने उद्योग र एक मुद्दा लागु औषधको रहेको छ।

सिंहविरुद्ध झलारी इलाका प्रहरी कार्यालयमा चोरीका तीनवटा, इलाका प्रहरी कार्यालय बेलौरीमा चोरीका दुईवटा, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागु औषध सम्बन्धी एउटा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी एउटा मुद्दा दर्ता रहेको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरी सम्बन्धी एक मुद्दा दर्ता रहेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले सिंहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा आज पेश गरिएको बताए। अदालतमा पेश गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको उनले बताए।

 


१२ मंसिर २०७८, आइतवार १९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु