punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्षमा थापा विजयी

Chaupati
safha napa

दार्चुला उद्योग बाणिज्य संघको अध्यक्षमा सुरेशसिंह थापा विजयी भएका छन् । उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराका अनुसार अन्तिम नतिजा अनुसार ५४८ मत खसेकोमा सुरेशसिंह थापा ३७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार ईन्द्रराज पन्तले १५४ मत मात्रै प्राप्त गरे । खसेको कुल मतमध्ये २१ मत बदर भएको थियो ।

उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनबाट अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि आइतबार बिहान मतदान सुरु भएको थियो । दार्चुलामा नेकपा एमाले निकट व्यवसायीहरुले विगतदेखि नै उद्योग बाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आएका छन् ।

अध्यक्षमा निर्वाचित थापा एमाले निकट हुन भने । पराजित भएका पन्त नेपाली कांग्रेस निकट हुन् ।अध्यक्षबाहेक पदाधिकारी र सदस्यमा पनि अध्यक्ष सुरेशसिंह थापा प्यानलका उम्मेदवारहरु नै निर्विरोध निर्वाचित भइसकेका छन् । यद्धपी थापा प्यानलबाट कांग्रेस र माओबादी निकटका उम्मेदवारहरु समेत निर्विरोध निर्वाचित भइसकेकोले थापालाई साझा उम्मेदवारको रुपमा हेरिएको थियो ।

यसअघि दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाको बरिष्ठ उपाध्यक्षमा बिसन बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिंह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिंह धामी, सहकोषाध्यक्ष प्रेमसिंह डडाल, सदस्यहरुमा करनसिंह बडाल, भुवनसिंह धामी, प्रकाश सामन्त, इन्द्रसिंह ठगुन्ना, कम्मानसिंह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिंह बडाल निर्विरोध निर्वाचित भएका छन् ।

निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले काम गर्ने अध्यक्ष थापाले बताए ।उद्योग वाणिज्य संघको अधिवेशनको लागि कुल ९५८ जना मतदाता रहेकोमा ५४८ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।


१२ मंसिर २०७८, आइतवार १८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु