punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकताको नाममा ओलीको दासत्व सहनेले कम्युनिष्ट आन्दोलनलाई धोका दिए : कुँवर

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटी प्रथम भेला आइतबार जयगढमा सम्पन्न भएको छ।

बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटी अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहेका थिए ।

भेलालाई सम्बोधन गर्दै नेता कुँवरले आन्दोलनलाई बीच बाटोमा छोडेर जानु जनताप्रति गद्दारी भएको बताए । एमाले उपाध्यक्ष भीम रावलप्रति लक्षित गर्दै उनले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्न लगाउने व्यक्तिले जनतालाई धोका दिएको बताए ।

उनले एकताको नाममा ओलीको दासत्व सहने व्यक्तिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको धारणा व्यक्त गरे । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्षसमेत रहेका उनले ओलीको गलत कदमकाविरुद्ध एमालेबाट समाजावादी पार्टीले बिद्रोह गरेको बताए ।

यस्तै उनले अछाममा विगतमा एमालेको लाल किल्ला कुनै अमुक व्यक्तिका कारण नभई अछामी जनताको मायाले भएको बताए । ओलीका कारण एमाले समाप्त भएको बताउँदै उनले अब अछाममा समाजवादी पार्टीलाईनै जनताले माया गर्ने बताए ।

भेलामा बोल्दै विशिष्ठ अतिथि केन्द्रीय सदस्य अछाम ईन्चार्ज एवम् साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले केपी ओलीको गलत कदमलाई अन्त्यमा आएर भिम रावलले साथ दिएका कारण रावलको साथ छोडेको बताए । रावलले सुरुमा रावलले देखाएको बाटोमा अघि बढेको बताउँदै उनले बरु रावलले भनेर गन्तव्य छोडेर ओलीको शरणमा गएको बताए ।

भेलामा बोल्दै बिशिष्ठ अतिथी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य अछाम सहईन्चार्ज एवम् सुदूरपश्चिम् प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री मिना साउँदले केपी ओली नवउदारवाद राजाका रुपमा उदाएका कारण पार्टीमा बिद्रोह भएको बताइन् ।

उनले ओलीको गलत प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत नजिकको सरकार विस्थापित हुनु परेको धारणा व्यक्त गरिन् ।

यस्तै उनले पूर्व आर्थिक मामिला मन्त्री झपट बोहराले पनि अछामी जनताको मतको अपमान गरेको बताइन् । राज्यमन्त्री साउँदले जयगढदेखि रामारोशनको सडकको काम चाडै अघि बढ्ने जानकारी दिइन् ।

प्रथम भेलालाई केन्द्रीय अनुशासन आयोग सदस्य कम्मानसिंह खड्का, केन्द्रीय परिषद कमिटी सदस्य अमृता खड्का, पार्टीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउँद, शिवबहादुर कुँवर (शिलोज), जितबहादुर निशानी, जिल्ला कमिटी उपाध्यक्ष बिर्मलादेबि बुड्थापा, बान्नीगढी जयगढ गाउँपालिका संगठन कमिटीका इन्चार्ज टेकबादुर रावल , अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य अछाम जिल्ला कमिटी अध्यक्ष शकर बिष्ट, युवा संघका केन्द्रिय सदस्य सुशील खड्कालगायतले सम्बोधन गरेका थिए ।

जिल्ला कमिटी सचिवालय सदस्य मोहनलाल ताम्राकारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गाउँ संगठन कमिटी सचिव तिलक ठकुल्लाले गरेका थिए ।


१२ मंसिर २०७८, आइतवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु