लागुऔषधसहित कञ्चनपुरबाट एक युवक पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलबाट २८ वर्षीय हेमन्त सिंह नायकलाई पक्राउ गरिएको हो।
लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले नायकलाई चेकजाँच गर्दा उनको साथबाट ८ सय ५० मिलीग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेका नायकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।
७ मंसिर २०७८, मंगलवार १४:४५ बजे प्रकाशित












