punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘नुनदेखि सुन’सम्म धार्चुलाको भर, व्यापारी पनि उतै धाउँछन्

Chaupati
safha napa

दार्चुलाको मुख्य व्यापारिक बजार बनेको छ भारतको पिथौरागडस्थित धार्चुला बजार । बिचमा महाकाली नदी । नदी वारि दार्चुलाको खलंगा बजार र पारि भारतको धार्चला बजार ।

दार्चुलाबासी नुनदेखि सुनसम्मका लागि धार्चुला बजारमा नै निरर्भर छन् । खलंगा बजारका व्यापारीहरुलेसमेत पारि धार्चुलाबाटै सामान ल्याएर वारि व्यापार गर्ने गरेका छन् ।

यहाँका स्थानीय दुई पैसा भएपनि कम मूल्यमा सामान पाइन्छ भनेर धार्चुला बजार नै धाउने गरेका छन् । दैनिक सयौंको संख्यामा दार्चुलाका बासिन्दा किनमेलका लागि धार्चुला लाग्छन् ।

‘वारि नेपालमा ९० रुपैयाँ किलोमा पाइने चिनी पारि भारतको धार्चुलामा ७० रुपैयाँमै पाइन्छ,’ दार्चुला एक स्थानीयले भने, ‘त्यसैकारण नेपालीहरु सस्तोका लागि भएपनि पारि नै जाने गरेका छन् ।’

घरायसी सामान होस वा अन्य सामनाका लागि धार्चुलानै जाने गरेको एक स्थानीय महिलाले बताइन् । ‘एउटा चिनी लिनक्र लागि त पारि पुग्छन् भने अरु सामान त कुरौ छोडौं,’ उनले भनिन्, ‘हामी त खलंगा बजार नगई सोझै धार्चुला बजार आउँछौ । खलंगा बजारमा महंगो पर्छ सामानको यता सस्तोमा पाइन्छ ।’

दुई रुपैयाँ सस्तो भएपनि धार्चुलानै धाउने गरेको उनको भनाई छ । उनका अनुसार पहिले बाटो नहुँदा घर निर्माणका सामग्रीसमेत पारि धार्चलाबाटै आउँथे । अहिले बाटो बनेपछि भने निर्माणका सामग्री नेपालबाट ल्याउने गरिएको छ ।

स्थानीयले अन्य सामान भने अझै पनि धार्चुलाकै बजारबाट ल्याउने गरेको स्थानीय बताउँछन् ।


४ मंसिर २०७८, शनिवार १०:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु