चक्कु प्रहार गरी आफ्नै दाइको हत्या, भाई पक्राउ

आफ्नै दाइलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


४ मंसिर २०७८, शनिवार १०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु