काँग्रेस महाधिवेशन : कैलाली ५ को २ मा जोशी सर्वसम्मत

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को २ मा प्रदेश सभापतिमा केशव जोशी सर्वसम्मत चयन भएका छन्।

सभापतिका लागि ४ जना आकांक्षी रहेकोमा जोशी सर्वसम्मत भएको काँग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए।

उनका अनुसार यहाँ जोशीसहित रुपेश स्वार, धर्म उपाध्याय र मानबहादुर चौधरी सभापतिका आकांक्षी थिए। यस्तै उक्त क्षेत्रको उपसभापतिमा अरुण सिंह र बेद अवस्थी सर्वसम्मत भएका छन्।

सचिवमा कलेन्द्र शाही र राजबहादुर ऐर, सहसचिवमा दुर्गा जोशी र राजेन्द्र रैका सर्वसम्मत भएका छन्। कैलाली क्षेत्र नम्बर ५ को १ मा भने दुई जना मात्रै आकांक्षी छन्। त्यहाँ सीताराम राना र कुम्भ गिरीबीच सर्वसहमतको प्रयास जारी छ।

क्षेत्र नम्बर १ को १ मा पनि सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास जारी रहेको काँग्रेस कैलालीले जनाएको छ।


४ मंसिर २०७८, शनिवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु