दिपक संगमका पाँच मुक्तक


गरिबलाई खान दाना मिल्दैन
विद्यार्थीलाई पढ्न पाना मिल्दैन
बाढीले अस्ती गाउँ नै बगायो
कठै सरकारबाट छाना मिल्दैन


अब यो देशको भविष्य के होला
बग्न बगेकै हो विगतमा रगतको खोला
सबै मिली मातृभूमि सुधार्न लागौं
नत्र नेपाली आमाको मन कति रोला ।।


अब देशको सेवा गरौं शुद्ध भएर
बन्दैन देश कहिले अवरुद्ध भएर
जतताले अझै खुशी पाएका छैन
जबकि देशमा यत्रो युद्ध भएर


यहाँ आफ्नाले आफ्नोलाई थिचेको छ
भर छैन कसैको आफ्नै छोरी बेचेको छ
नेताहरू हातमा दही जमाइ बस्छन्
छिमेकीले हाम्रो सीमा मिचेको छ


दोषी घर निर्दोष जेल कुदाउँछन्
भाषणमा नेता रेल कुदाउँछन्
जाबो एउटा सत्तामा बस्नलाई
बनाई गठबन्धन खेल कुदाउँछन्

दिपक संगम विश्वकर्मा
टीकापुर, कैलाली


२९ कात्तिक २०७८, सोमवार १५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु