लेखराज भट्ट भन्छन्ः सुदूरपश्चिममा १० बुँदे कार्यान्वयन भइसक्यो, भीम रावल उपाध्यक्ष हुनुहुन्छ

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को निरन्तरताबारे उहाँले जे बुझ्नुभयो, मुख्य समस्या त्यही हो ।”

सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन भइसकेको उनले दाबी गरे । उनले थपे, “१० बुँदे सहमति कार्यान्वयन भएन भनेर कसले भन्न सक्छ रु त्यो कार्यान्वयन भएकाले नै हरेक वडादेखि पालिकासम्मको अधिवेशन भए । अब प्रतिनिधि छनोट हुँदै छ ।

पार्टीको निर्णय मान्ने, नमान्ने उहाँको कुरा हो । जेठ २ को निरन्तरताका कारण त उहाँ पार्टी उपाध्यक्ष हुनुहुन्छ । उहाँसँग फोनमा कुरा हुन्छ, बैठकमा उहाँ आउनुहुन्न । यसमा केही विवाद छ भने केन्द्रले समाधान गर्ला ।”

भीम रावलले भने जस्तो कुनै नयाँ सदस्यता वितरण नभएको पनि उनले बताए । उनले भने, “पार्टीमा नयाँ सदस्यता वितरण भएको छैन । पार्टीको नीति अनुरुप नवीकरण मात्र गरेको हो । त्यसमा केही धाँधली भएको भए पनि छानबिन होला । मैले कहिल्यै गुटको राजनीति गरेको छैन । यसबारे मलाई केही थाहा छैन ।”

 


२१ कात्तिक २०७८, आइतवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु