punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्र संगठन विभागको बैठक पेरिसडाँडामा

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रको संगठन विभागको बैठक आइतवार बसिरहेको छ।पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दुई घण्टादेखि जारी बैठकमा सदस्यता वितरण र नवीकरणको समीक्षा गरेको छ।

मंसिर ४ गते पालिकास्तरीय सम्मेलन राखिएको छ। त्यस सम्मेलनबारे पनि बैठकमा पनि छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए।माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा छन्।

त्यसैगरी ऊर्जामन्त्री पम्फा भुसाल, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, प्रदेश १ इन्चार्ज राम कार्की, गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डे र स्थायी कमिटी सदस्य मात्रिका यादव लगायत १० प्रदेशका इन्चार्ज सहभागी छन्।

कात्तिक २५ गतेसम्म माओवादीले सदस्यता नवीकरण र नयाँ सदस्यता थप्ने कामलाई तीव्र बनाइरहेको छ।


२१ कात्तिक २०७८, आइतवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु