punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

Chaupati
safha napa

मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको गाउँपालिकाका प्रवक्ता दिवस चोङवाङले जानकारी दिए। एम्बुलेन्समा चालकसहित ७ जना सवार थिए। अन्य ६ जना सामान्य घाइते छन्।

उनीहरुको उपचार भइरहेको चोङवाङले बताए। एम्बुलेन्स साँघुरो सडकबाट ५० मिटर तल खसेको छ। उक्त एम्बुलेन्स चैत्रमा भारतीय दूतावासले गाउँपालिकालाई दिएको थियो।


२१ कात्तिक २०७८, आइतवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु