punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसको ठक्करले देउसी खेल्न हिँडेका दुईको मृत्यु, आठ जना घाइते

Chaupati
safha napa

बसको ठक्करबाट शनिबार राति देउसीभैलो खेल्न हिँडेका दुई युवकको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिक बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको हो ।

घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र तीन जनाको भरतपुरमा उपचार भइरहेको छ । बसले ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए ।बसमा लागेको आगो निभाउन गएको दमकललाई समेत स्थानीयले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेत घाइते भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।आगजनीबाट बस जलेर पूर्णरूपमा नष्ट भएको छ । स्थानीयको तोडफोडबाट हेटौंडा उपमहानगरपालिकाको दमकलमा समेत क्षति पुगेको छ ।

ठक्कर दिने बस चालक फरार भएका छन् ।हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।


२१ कात्तिक २०७८, आइतवार ०९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु