भारतमा अस्पतालको आईसीयू वार्डमा आगो लाग्यो, कम्तीमा १० जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यमा पर्ने अहमदनगरमा जिल्लास्थित सिभिल अस्पतालको आईसीयू वार्डमा आगो लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईसँग स्थानीय जिलाधिकारी राजेन्द्र भोसलेले घटनाको पुष्टि गरेका छन्।तर अल इन्डिया रेडियोले उक्त आगलागीमा ११ जनाको मृत्यु भएको जनाएको छ।अस्पताल स्रोतका अनुसार आईसीयू वार्डमा २५ जना उपचाररत थिए।


२० कात्तिक २०७८, शनिवार १६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु