पूर्व प्रधानमन्त्री भट्टराईले लगाए भाइटीका

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन्।

भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराई रउनको दाजुभाइलाई आफ्नी बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिएकी हुन्।

भाइटीका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गर्दै भट्टराईले टीका ग्रहणसँगै परिवारकासाथ तिहारको रमाइलो भएको बताएका छन् ।


२० कात्तिक २०७८, शनिवार १६:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु