punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली नदीमा महिलाको शव फेला

Chaupati
safha napa

कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शव पानीबाट निकालेर आवश्यक प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

शवको पहिचान खुल्न नआएको हुँदा फोटोको आधारमा पहिचान गरी नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ ।


१७ कात्तिक २०७८, बुधवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु