punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालले आजदेखि भारतलाई विद्युत् बेच्ने

Chaupati
safha napa

नेपालले पहिलो चरणअन्तर्गत आजदेखि भारतलाई विद्युत् निर्यात सुरु गरेको छ । पहिलो चरणअन्तर्गत आज १२ बजे रातिदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिनेछ । अब विस्तारै क्रमश: विद्युतको निर्यात बढाउँदै लैजाने प्राधिरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसीबाट उत्पादन हुने विद्युत पनि भारतीय बजारमा पुग्नेछ ।

प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत निर्यात हुने पनि प्राधिकरणले जनाएको छ भने विद्युतको प्रतियुनिट बिक्री दर मार्केट क्लियरिङ प्राइसका आधारमा निर्धारण गरिनेछ ।


१७ कात्तिक २०७८, बुधवार १५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु