punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विराट कोहलीलाई एकदिवसीयको कप्तानबाट पनि हटाइँदै

Chaupati
safha napa

यो विश्वकपपछि टि–२० टिमको कप्तानी छोड्ने घोषणा गरेका भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई एकदिवसीय टिमको कप्तानबाट पनि हटाइने भएको छ ।

अब भारतको लागि दुवै सीमित ओभरको फरम्याटमा रोहित शर्माले कप्तानी गर्नेछन् । छिटै चयन कमिटीको बैठकमा रोहितलाई सीमित ओभरका कप्तान घोषणा गरिने बीसीसीआइ स्रोतलाई उद्धृत गर्दै इनसाइडस्पोर्टले जनाएको छ ।

रिपोर्टका अनुसार बीसीसीआइ अधिकारीले तीन फरम्याटका लागि अलग अलग कप्तान बनाउने कुराको खण्डन गरेका छन् । विराटले यसअघि नै टि–२० को कप्तानी छोड्ने घोषणा गरेका छन् । उनले कामको बोझको हवाला दिँदै राजीनामा दिएका थिए । उनले सामाजिक संजालमार्फत आफूले राजीनामा दिएको जानकारी दिएका थिए ।

२०२३ सम्म २ विश्वकप हुँदैछन् । अर्को वर्ष २०२२ मा अस्ट्रेलियामा टि–२० विश्वकप हुनेछ । त्यसपछि २०२३ मा भारतको आयोजनामा एकदिवसीय विश्वकप हुँदैछ । यी दुवै ठूला प्रतियोगितामा भारतको कप्तान रोहित शर्मा हुनेछन् ।

अहिले नै उनलाई टिमको कप्तान बनाएर आफ्नो टिम तयार गर्न कम्तीमा १ वर्षको समय दिने तयारी गरिएको छ ।


१६ कात्तिक २०७८, मंगलवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु