बेबारिसे शवको पहिचान खुल्लो
कैलालीमा बेबारिसे अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ढुंगे बगरस्थित कर्णाली नदी किनारमा मृत फेला परेका पुरुष सुर्खेत चौकुने गाउँपालीका वडा नम्बर ८ गुटुका वर्ष ६०/६२ को तिलकराम कडेल रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
मृतका छोरा रमेश कडेलले जानकारी गराई प्रहरीको सम्पर्कमा आएको प्रहरी जनाएको छ । कडेलको शव नदी आइतबार बिहान नदी किनारमा बेबारिसे अवस्थामा फेला परेको थियो ।
१५ कात्तिक २०७८, सोमवार १९:४७ बजे प्रकाशित































