चक्कु प्रहार गरी सांसदको हत्या
फाइल तस्बीर
चक्कु प्रहार गरी बेलायतमा एक जना सांसदको हत्या गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमिसलाई चक्कुले हानी हत्या गरिएको हो ।
प्रहरीका अनुसार पूर्वी लण्डनमा चर्चको बैठकमा सहभागी भइरहेका बेला उनीमाथि चक्कु प्रहार गरिएको थियो ।
चर्चमा आफ्नो क्षेत्रका मतदातासँग कुराकानी गरिरहेका बेला उनीमाथि चक्कु प्रहार भएको थियो । ६९ वर्षका अमिस कन्जरभेटिभ पार्टीका पुराना राजनेता थिए ।
बेलैमा एम्बुलेन्स घटनास्थलमा आएको भएपनि उनलाई बचाउन भने नसकिएको प्रहरीले जनाएको छ । घटना लगत्तै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलायतमा सांसदमाथि पटक पटक आक्रमण हुँदै आएको छ । सन् २०१६ को जुनमा पनि लेबर पार्टीका सांसद जो काक्सलाई चक्कु प्रहार गरी हत्या गरिएको थियो ।
२९ असोज २०७८, शुक्रवार २२:०५ बजे प्रकाशित












