punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका कला संस्कृति जोगाउन प्रतिष्ठान गठन

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशका मौलिक कला संस्कृति जगेर्ना गर्न प्रतिष्ठान स्थापना गर्न लागेको बताएका छन्।शुक्लाफाँटा नगरपालिका–४ असैनामा मह फिल्म सिटीले आयोजना गरेको दशैँ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले प्रतिष्ठान गठनका लागि खाका तयार गर्न विज्ञहरूको टोली गठन गरिएको जानकारी दिए।

प्रतिष्ठान गठन भएसँगै यो क्षेत्रका लोपोन्मुख अवस्थामा पुगेका कला संस्कृति जगेर्नामा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। सुदूरपश्चिम प्रदेश कला संस्कृतिको क्षेत्रमा धनी भएको चर्चा गर्दै उनले चाडपर्वका आफ्नै मौलिकता रहेको बताए। चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरेर थोरै व्यक्ति जमघट भएर मनाउन उनले आग्रह गरे।

मन्त्री खड्काले कोरोना रोकथाम गर्न सेवा व्यवस्थित सेवासँगै अस्पतालको स्तरोन्नति गरिएको बताए। अस्पतालका सेवा गुणात्मक रूपमा बढेको चर्चा गर्दै उनले प्रदेशका ठूला अस्पतालका रूपमा रहेका महाकाली प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा तीन शय्या थप गरिएको बताए।

‘सबै अस्पतालमा आइसियू, भेन्टिलेटर, एमआरआई, एक्सरे, भिडियो एक्सरे, सिटीस्क्यान लगायतका सेवा पुर्‍याउन थालेका छौं’, उनले भने, ‘प्रदेशका सबै जनताले सहज रूपमा उपचार पाऊन् भन्ने हेतुले कार्य अघि बढाइएको छ।’

प्रदेशमा बहुप्रशिक्षण तालिम केन्द्र गठन अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री खड्काले स्वरोजगार हुने नयाँ मोडेलका कार्यक्रम सञ्चालन गरी युवाहरूका लागि स्वदेशमै रोजगारका अवसर प्रदान गरिने बताए। एक महिनाभित्रै सो कार्यक्रम सञ्चालन हुने मन्त्री खड्काको भनाइ थियो।

 


२७ असोज २०७८, बुधवार १४:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु