punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडादशैंको आठौं दिन महाअष्टमी, महागौरीको पूजा गरिँदै

Chaupati
safha napa

बडादशैंको आज आठौं दिन महाअष्टमी। देवी दुर्गा भगवतीसहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरेर महाअष्टमी मनाइन्छ।

आजका दिन देवी भगवतीको पूजा गरी बलि चढाउने गर्छन्। शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने गरिन्छ।

पशुबलि नदिनेले भने नरिवल, कुभिण्डो लगायतका फलफूल चढाउने गर्छन्। घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ।

आजकै दिन घरघरमा रहेका हतियार र कलपूर्जाहरु निकालेर पूजा गर्ने परम्परा समेत रहेको छ । शक्तिपीठहरुमा बिहानैदेखि बलि चढाइने गरिन्छ।

नवरात्र अन्तर्गत आज महादुर्गाको आठौं रुप महागौरीको पूजा गर्ने गरिन्छ। परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजाले पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने विश्वास रहेको छ।


२७ असोज २०७८, बुधवार ०५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु