तीन वटा प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना छ ।बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौसहित देशका अरु ठाउँमा भने आज पानी पर्ने सम्भावना छैन ।अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली मात्र हुने सम्भावना छ ।
दिउँसो एक छिन घाम लाग्ने र फेरि बादल लाग्ने सम्भावना छ । अब बिस्तारै सुक्खा बढ्दै जाने र दुई, चार दिनमा मनसुन बाहिरिने सम्भावना रहेको उनले बताए ।
२२ असोज २०७८, शुक्रवार ०८:५० बजे प्रकाशित





























