मन्त्रिपरिषद विस्तार गर्नुअघि प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेट्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्।सत्तारूढ दलहरूले मन्त्री हुनेहरूको नाम दिनेवित्तिकै आज मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ।

साथै आज प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ।मन्त्रिपरिषद विस्तार गर्नुअगाडि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेट्न लागेका हुन्।

आज बिहान ११ बजे प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ।


२२ असोज २०७८, शुक्रवार ०८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु