कैलाली उद्योग वाणिज्य संघद्वारा सशस्त्रका डिआइजी भट्टराईको स्वागत
कैलाली उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख भएर आएका सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गा भट्टराईलाई स्वागत गरेको छ । सोमवार उद्योग वाणिज्य संघको कार्यालयमै बोलाएर सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईलाई स्वागत गरेको हो ।
सुरक्षा निकाय तथा प्रशासनमा सरुवा भएर आउने अधिकारीहरूलाई स्वागत तथा सम्मान गर्ने परम्परा अनुसार उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईको स्वागत गरेको हो । भट्टराईलाई मायाको चिनो प्रदान गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले स्वागत गरेका हुन् ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईलाई स्वागत गर्दै अध्यक्ष कुँवरले व्यवसायी र सशस्त्र प्रहरीको सहकार्यमा यहाँका घटना, भइपरी आउने बिपदसंग जुध्नुपर्नेमा जोड दिए । कैलाली जिल्ला खुला सिमानाका सँगै सुरक्षाका दृष्टिकोणले जोखिम जिल्ला भएका कारण सशस्त्र प्रहरीले चनाखो बन्नुपर्नेमा उनले जोड दिए ।
यहाँको विकासका लागी सुरक्षा निकायसँग निजी क्षेत्र सहकार्य गर्न तयार रहेको अध्यक्ष कुँवरले बताए । यस्तै खुला सिमानाका कारण चोरी छिपी हुने तस्करी नियन्त्रणमापनि सशस्त्र प्रहरी थप गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।स्वागत पश्चात् बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले सबैको सहकार्यमै अपराधिक क्रियाकलाप रोक्न सकिने बताए ।
निजी क्षेत्र सँगै आम नागरिक र राज्यको सम्पत्तिको सुरक्षा सँगै सीमाको सुरक्षा गर्ने आफ्नो दायित्वबाट सशस्त्र प्रहरी नपन्छिने भट्टराईलेबताए । चोरी छिपी हुने तस्करी नियन्त्रणमापनि सशस्त्र प्रहरी थप सक्रिय बन्ने उनले विश्वास दिलाए ।
कार्यक्रममा अधिवक्ता वीर बहादुर जेठारा, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, पूर्व अध्यक्ष जगत साउद लगायत व्यवसायीहरूले सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईलाई यहाँको सुरक्षा र सीमा समस्या समाधानका लागी सुझाव दिएका थिए ।
अवैध तस्करी नियन्त्रण सँगै व्यवसायीलाई परेका समस्या समाधान गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका थिए ।कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शिद्धराज पनेरुले गरेका थिए ।
१८ असोज २०७८, सोमवार १८:४८ बजे प्रकाशित













