punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङ कांग्रेसको अधिवेशन गराउन खटिएका मतदान अधिकृत नै सर्म्पकविहीन

Chaupati
safha napa

नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत सम्पर्कविहीन भएका छन् । मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि मतदानका लागि सदरमुकाम आएका कांग्रेस कार्यकर्ताहरु अन्योलमा परेका छन् ।

जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिबाट खटाइएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिवार राति १२ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको बझाङका कांग्रेस नेताहरुले बताएका छन् ।

‘हिजो (शनिवार) साँझ पार्टी जिल्ला सभापतिसहित तीनरचार जना आएर मलाई हातखुट्टा भाँचिदिन्छौँ भनेर धम्काए, भन्दै हुनुहुन्थ्यो,’ नेपाली काग्रेंसका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहले भने ‘निर्वाचन व्यवस्थापनमा पनि कसैले सहयोग नगर्ने भए भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । बिहानैदेखि सम्पर्कविहीन हुनुभएछ । हामी खोजी गरिरहेका छौँ।’

सिंहले मतदान अधिकृत भट्टको खोजीका लागि स्थानीय प्रशासनको पनि सहयोग लिइरहेको बताए । जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ । आफ्नो पक्षले निर्वाचनमा हार्ने भएपछि अधिवेशन बिथोल्न मतदान अधिकृतलाई धम्काएको भन्दै सभापतिलगायत नेताहरुलाई संस्थापन इतर पक्षकले आरोप लगाएको छ ।

पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी र संविधानसभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उम्मेदवार छन्। अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार छन् । भण्डारीलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन रहेको बताइएको छ। सभापतिका दुवै उम्मेदवारहरु प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन् ।

सहायक निर्वाचन अधिकृत हरिप्रशाद जोशीले भने शनिवार राति १० बजेसम्म भट्ट आफूसँगै रहेको र बिहान जाँदा कोठामा नभेटेको बताएका छन् । ‘राति १० बजेतिर अन्तिम मतदाता नामावली प्रकाशन गरेर छुट्टिएको हुँ । बिहान जाँदा कोठामा पनि भेटिनु भएन । फोन पनि लागिरहेको छैन’ जोशीले भने ‘मुख्य निर्वाचन अधिकृत नै सम्पर्कविहीन भएपछि निर्वाचनका कामहरु केही पनि अगाडि बढ्न सकेका छैनन् ।’


१७ असोज २०७८, आइतवार १७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु