punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका पाँच पालिकामा संक्रमित शून्य

Chaupati
safha napa

बैतडीमा कोरोनाका संक्रमित घट्दै गएका छन्।कुनै वेला १ हजार नजिक पुगेका सक्रिय संक्रमित हाल १७ जना मात्रै रहेका छन्।जिल्लाको शिवनाथ, दोगडाकेदार, डिलाशैनी गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिकामा सक्रिय संक्रमित शून्य रहेका छन् भने अन्य स्थानीय तहमा न्यून रहेका छन्।

दशरथचन्द नगरपालिकामा ७, पाटन नगरपालिकामा ३, सुर्नया गाउँपालिकामा २, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा १र१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीनजना भने जिल्ला बाहिरका छन्।

बिनालक्षणका संक्रमित रहेकाले उनीहरू सबै होम आइसोलेशनमा बस्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने, ‘संक्रमण देखिए पनि लक्षण केही नदेखिँदा आइसोलेशनमा नबसेका हुन्।’

जिल्लामा सबै स्थानीय तहमा गरी हाल यहाँ २४१ आइसोलेशन बेड रहेका छन्। जिल्ला अस्पतालमा रहेका ८ वटा आइसीयू बेड र २ भेन्टिलेटर बेड खाली छन्। जिल्ला अस्पतालको आइसोलेशनमा भने चारजना संक्रमित रहेका छन्।

यसैबीच जिल्लाभर २ सय ५१ अक्सिजन सिलिण्डर र १ सय ६ अक्सिजन कन्सन्ट्रेटर छन्।हाल सक्रिय संक्रमित कम देखिए पनि तेस्रो लहरको संक्रमण आउन सक्ने भएकाले तयारी थालिएको हो।

संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीको आग्रह छ। उनले भने, ‘निषेधाज्ञा खुलेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कमी आएको छ, यसले जोखिम निम्त्याउने सम्भावना छ।’कोरोना संक्रमणबाट बैतडीमा हालसम्म १८ जनाको मृत्यु भएको छ।


१६ असोज २०७८, शनिवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु