punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशको आठौं अधिवेशन अन्त्य

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ । सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर शुक्रबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन ।
जेठ २१ गतेदेखि शुरु भएको बैठकबाट १० वटा विधेयक पारित गरेकोमा चार विधेयक प्रमाणिकरण भएको छ ।

प्रदेश सभाको बैठक २३ दिनसम्म चलेको छ भने ३५ घण्टा सञ्चालन भएकोमा २७ वटा बैठक बसेको छ । सो समयमा तीन विशेष र एक शून्य समय सञ्चालन भएको सभामुख थापाले जानकारी दिए ।

थापाका अनुसार सभाबाट प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापना गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक प्रमाणिकरण भएको सभामुख थापाले बताए ।

सभामुख थापाले सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापना गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको बताए ।

सुदूरपश्चिम प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित शशक्तिकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधिन अवस्थामा रहेका छन ।


१५ असोज २०७८, शुक्रवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु