धनगढीको केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप
धनगढी,
धनगढीस्थित केजी अस्पतालमा एक ६ महिने शिशुको मृत्यु भएको छ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु विकका ६ महिने शिशु सायलको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरुले अस्पतालमा भएको लापरबाहीमाथि छानबिन गरि दोषीलाई कारबाहीको माग गरेका छन्।
विरामी भएपछि डोटीको महाकाली मेडिकलमा लगिएका शिशुमा अक्सिजनको अभाव देखिएपछि धनगढी रेफर गरिएको थियो। शिशुमा निमोनिया देखिएपछि ९ गतेदेखि केजी अस्पतालमा उपचार भइरहेको थियो।
१५ असोज २०७८, शुक्रवार १६:४७ बजे प्रकाशित






























