विद्यालयमा विद्यार्थी पढाउँदै प्रहरी
दार्चुलामा प्रहरीले विद्यालय कक्षामा गएर पढाउन थालेको छ । विद्यार्थीलाई दुव्र्यसनबाट जोगाउन तथा सचेतना प्रदान गर्ने उद्देश्यले पढाउन थालेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार प्रहरीले महेन्द्र नमूना मावि कक्षा ९ र १० का विद्यार्थीलाई जनचेतनामूलक शिक्षा सिकाएको हो ।
प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा गएको टोलीले बालबालिकालाई लागू औषध दुव्र्यसन, बालविवाह, साइवर अपराध जस्ता विषयमा सचेतनामूलक सन्देश सिकाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालका कारण अपराधका घट्ना बढ्ने गरेको भन्दै प्रहरीले बालबालिकालाई सचेतनामूलक सन्देश दिन थालेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
१४ असोज २०७८, बिहीवार ०९:११ बजे प्रकाशित































