अछाममा पानीमा डुबेर एक बालकको मृत्यु
अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।पानीमा डुबेर ढकारी गाउँपालिका–१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।
चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालकको मृत्यु भएको ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जानकारी दिए ।
स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गर्नु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
९ असोज २०७८, शनिवार ०८:३३ बजे प्रकाशित












