सुदूरपश्चिमका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा

नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले शुक्रबार पदबाट राजीनामा दिएका छन् । हाल काठमाडौंमा रहेका साउदले मुख्यमन्त्री समक्ष राजीनामा पत्र पठाएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

साउद एमाले कोटाबाट उपाध्यक्षमा नियुक्त भएका थिए । नेकपा एमालेको विभाजनपश्चात आफू एमालेमै रहेको उल्लेख गर्दै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । हाल सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा नेकपा (एस) सहितको संयुक्त सरकार छ ।

प्रदेश सरकारले गत वर्षको पुस १३ गते आयोगमा उपाध्यक्ष साउद र एक जना सदस्य नियुक्त गरेको थियो । प्रदेश सरकार स्थापना भएको करिब तीन वर्षपछि गठन नीति तथा योजना आयोगले अहिले पनि गति लिन सकेको छैन ।


८ असोज २०७८, शुक्रवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु