अछामका एक जना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।भेरी अस्पताल नेपालगन्जमा उपचाररत रामारोशन गाउँपालिका १ अछामका २६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३३ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १७ जनाको मृत्यु भएको छ ।


८ असोज २०७८, शुक्रवार १५:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु