punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी चयन, काे के बने?

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको छ।बिहीबार बिहान बसेको सचिवालय बैठकले बेदुराम भुसाललाई महसचिव बनाउने निर्णय गरेको हो। ​

यस्तै बैठकले चार उपाध्यक्ष्यमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राईलाई चयन गरेको एक नेताले जानकारी दिए।

यस्तै तीन उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन गरिएको छ भने चार जना सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई बनाइएको छ।यी नाम बिहीबारै बस्ने केन्द्रीय कमिटी बैठकले पास गर्नेछ।


७ असोज २०७८, बिहीवार १३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु