punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा पहिलो पटक आयो भारतीय निजी कम्पनीको रेल

Chaupati
safha napa

भारतबाट ९० वटा कन्टेनर सामान लिएर हिम्ड टर्मिनल प्रा.लि.को कार्गो रेल वीरगन्ज आइपुगेको छ ।

बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार भारतको हल्दियाबाट एक र्याकको कार्गो रेल २० फिट अग्लो र ९० वटा कन्टेनर सामान लिएर आएको छ।

नेपाल–भारत रेल सेवा सुरुआत भएको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ । असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधन भएको थियो । यससँगै निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो।

सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।


३० भदौ २०७८, बुधवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु