Hotel Flora Long Ad

एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर -५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएका उनको आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले एम्बुलेन्स चालक भीमदत्त नगरपालिका -१६ का ४० वर्षीय गणेश विष्टलाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले बिहानैदेखि सडक समेत अवरुद्ध गरेका छन्।


३० भदौ २०७८, बुधवार ११:१६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु