सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ का ७७ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गइरहेको छ भने परीक्षण दर पनि घटेको छ ।


२८ भदौ २०७८, सोमवार १२:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु